अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

स्याङ्जामा थप २० जनामा कोरोना संक्रमण – गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४० पुग्यो

बिआरटीनेपाल २०७७ असार ७ गते २३:५२ मा प्रकाशित

स्याङ्जा जिल्लामा २० जना सङ्क्रमित थपिएका छन् । दुई महिलासहित १९ पुरुष थपिएका हुन् । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन् ।

यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशका ५४० जना सङ्क्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू