अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

बेलायतमा खाद्य सङ्कटको खतरा, २५ प्रतिशत वयस्कले खानाको लागि सङ्घर्ष गर्दै

बिआरटीनेपाल २०७७ असार ७ गते ८:०६ मा प्रकाशित

बेलायतमा हरेक ४ जनामध्ये १ जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोना भाइरसबाट उत्पन्न महामारीको कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।खाद्य अवस्थाको बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए । खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

अध्ययनको मुख्य निष्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ । महामारीको बेलामा २५ प्रतिशत बयस्कहरुले खानाको लागि सङ्घर्ष गर्नु परेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू