अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

स्पेनमा पर्यटकका लागि बाटो खोलियो

बिआरटीनेपाल २०७७ असार ७ गते ८:०२ मा प्रकाशित

स्पेनमा विदेश यात्राका लागि बाटो खुला गरिएको छ । स्पेन सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिवन्ध आजबाट खुला गरिएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित बनेको स्पेनले हाललाई युरोपीय संघ, शेञ्जेन क्षेत्र र बेलायतका नागरिकलाई मात्रै आफ्नो देशमा आउन दिने भएको छ ।

बीबीसीका अनुसार स्पेन आउने सबै नागरिकको ज्वरो नाप्ने र कोरोनासँग सम्बन्धीत जानकारी लिइने छ । झन्डै तीन महिनापछि स्पेन सरकारले विदेशी पर्यटकका लागि यात्रा प्रतिवन्ध खुकुलो गरेको हो । स्पेनमा हालसम्म कोरोना भाइरसका कारण दुइ लाख ४५ हजार मानिस संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू