अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने स्वास्थ्यमन्त्रीको दावी

बिआरटीनेपाल २०७७ असार ६ गते ६:४९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने दावी गर्नुभएको छ । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने बताउनुभएको हो ।

अहिले भएकामा जनशक्ति थपेर, २४ सै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने उहाँको भनाइ छ । उहाँले निजी क्षेत्रबाट प्रतिदिन तीन हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने बताउनुभयो । यस्तै मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म जाच्ने गरी स्तरवृद्धि गरिने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू