अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

सरकार बिरुद्ध सडकमा सुतेर प्रदर्शन

बिआरटीनेपाल २०७७ असार ६ गते ६:४४ मा प्रकाशित

नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको विरोधमा काठमाडौँमा युवाले सडकमै सुतेर प्रदर्शन गरेका छन् । युवाले आज बिहान काठमाडौँको शहीद गेटमा सुतेर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड बाकेका थिए ।

राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने प्रधानमन्त्री ओलीको भनाईको पनि उनीहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए । पीसीआर परीक्षण बढाउनुपर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू