अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

डडेल्धुरा सदरमुकाम अनिश्चितकालका लागि पूर्ण बन्द

बिआरटीनेपाल २०७७ असार ५ गते २३:१५ मा प्रकाशित

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल अर्थात् पूर्ण बन्द गरिएको छ । हिजो दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

सरकारी कार्यालय खुल्ला नै रहने छन् भने अति आवश्यकबाहेक सेवा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताउनुभयो । डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धेरै सङ्क्रमण देखिएपछि जिल्लाको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू