अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

आज पनि देशभर वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

बिआरटीनेपाल २०७७ असार ५ गते २३:१० मा प्रकाशित

आज पनि देशभर वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना देखिएको । प्रदेश ५ देखि पूर्वका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अहिले पनि देशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

बर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा यस वर्ष २ दिन ढिला गरी जुन १२ तारिखमा मनसुन प्रवेश गरेको हो ।

पूर्वबाट पसेको मनसुनी हावा अहिले सुदूरपश्चिमका केही भागबाहेक देशभर फैलिसकेको मौसमविद्ले बताएका छन् । शुक्रबादेखि मनसुन सक्रिय भएको छ । हाल यसबाट भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा न्यून चापीय प्रणाली बनेको छ । जसका कारण नेपालमा वर्षा र बदली बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू