अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

गण्डकी प्रदेशमा १९ महिने बालिका सहित थप ५८ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असार ५ गते २३:०५ मा प्रकाशित

गण्डकी प्रदेशमा आज बिहान ७ जिल्लाका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल चितवन र प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पीसीआर परिक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, कास्कीमा २ र स्याङजा र म्याग्दीमा एक/एक जनामा कोरोना संक्रमण देखिएको छ । निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाका २१, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका एक÷एक जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, नवलपुरको बुलिङटार गाउँपालिकामा ११, मध्यबिन्दु नगरपालिकामा दुई, देवचुली नगरपालिका, बौदीकाली र बिनयत्रिबेणी गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको काठेखोला गाउँपालिकाका ७ जना पुरुष र एक महिलामा संक्रमण पाइएको हो ।

गोरखाको भीमसेन नगरपालिकामा ५ जना, म्याग्दीको मालिका गाउँपालिकामा एक जना, कास्कीको मादी गाउँपालिकामा १९ महिने बालिका र ४९ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । स्याङजामा पनि २९ वर्षिय एक पुरुषमा संक्रमण देखिएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू