अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

कोभिड–१९ का कारण विश्वभर ४ लाख ५७ हजार २५ को मृत्यु, ८६ लाख १४ हजार ६ सय ७५ संक्रमित

बिआरटीनेपाल २०७७ असार ५ गते ७:३३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ५७ हजार २५ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८६ लाख १४ हजार ६ सय ७५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४५ लाख ६२ हजार २ सय २६ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ७ सय २५ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका अमेरिकामा १ लाख २० हजार ६ सय ९१, इटालीमा ३४ हजार ५ सय १४ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ६ सय ३, बेलायतमा ४२ हजार २ सय ८८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ३ सय ९२, जर्मनीमा ८ हजार ९ सय ५२ , बेल्जियममा ९ हजार ६ सय ९५, ब्राजिलमा ४७ हजार ८ सय ६९, रसियामा ७ हजार ८ सय ४१ र क्यानडामा ८ हजार ३ सय जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा १२ हजार ६ सय १५, पाकिस्तानमा ३ हजार २ सय २९, बंगलादेशमा १ हजार ३ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ४८ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू