अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ८९ हजार ९ सय रुपैयामा कारोवार

बिआरटीनेपाल २०७७ असार ५ गते ७:३२ मा प्रकाशित

सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको छ । छापावाला सुन शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भइरहेको हो । आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू