अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

नेपालको संविधान (दोस्रो संशोधन) २०७७ राजपत्रमा प्रकाशित

बिआरटीनेपाल २०७७ असार ५ गते ७:२३ मा प्रकाशित

नेपाल सरकारले जारी गरेको नयाँ नक्सा निसान छापमा समेट्ने सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

दुवै सदनबाट सर्वसम्मत रुपमा संशोधन प्रस्ताव भएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी थिइन् । सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा बिहीबार नै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रकाशित भएको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ लागू भइसकेको छ । प्रतिनिधिसभाबाट जेठ ३१ र राष्ट्रिय सभाबाट असार ४ गते संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू