अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ३२४ पुग्यो

बिआरटीनेपाल २०७७ असार ४ गते २३:५७ मा प्रकाशित

गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज बिहान थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान तीन पटक अलगअलग प्रेस विज्ञप्ती प्रकाशित गरेर कोरोना संक्रमित बढेको जानकारी दिएको हो । निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार आज नवलपरासीमा ३१ जना, तनहुँमा १५ जना, गोरखामा ११ जना, स्याङजा र पर्वतमा नौ/नौ जना, बागलुङमा एक जना र मनाङमा एक जनामा संक्रमण पुष्टि भएको छ ।

पर्वतमा आईसोलेसनमा रहेका एक जना पुरुषको दोस्रो परीक्षणमा पनि कोरोना संक्रमण नै देखिएको निर्देशक शर्माले जानकारी दिनुभयो ।अहिलेसम्म सुरक्षित रहेको मनाङमा भने कपिलवस्तु जिल्लाको वाणगंगा १४ स्थायी ठेगाना भई चामे गाउँपालिकामा कार्यरत कर्मचारी संक्रमित भएका स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू