अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

चीनसँगको व्यापारिक सम्बन्ध बिच्छेद गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७७ असार ४ गते २३:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार सम्बन्धी बिच्छेद गर्ने पुनः दोहोर्याउनुभएको छ । अमेरिका र चीनका शीर्ष कुटनीतिज्ञहरुले वार्ता गरेलगत्तै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । पूर्वी एसियाका लागि शीर्ष अमेरिकी कुटनीतिज्ञले दुई महिनाअघि गरेको वार्ता सकारात्मक नभएपछि दुई देशबीचको टकराव पुन एक पटक सतहमा आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले अमेरिकाको व्यापार घाटालाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गर्दै आएको आरोप लगाउनुभएको छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा व्यापार घाटा कम गर्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य चुनावी एजेण्डा रहेको बताइएको छ । गत वर्षको अन्त्यमा चीनबाट सुरु भएको कोरोनाको महामारी पछि चीन विरुद्ध अमेरिकाले खुलेर विरोध गर्दै आएको छ । कोरोनाको संक्रमण र त्यसको क्षतिबारे चीन पारदर्शी नभएको भन्दै अमेरिकाले बारम्बार आलोचना गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि चीनकै पक्ष लिएको भन्दै उसलाई दिने सहयोग अमेरिकाले यसअघि नै कटौती भएको घोषणा गरिसकेको छ । यता चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गर्ने विषयमा पनि अमेरिकाले आपत्ति जनाएपछि दुवै देशको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू