अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

पर्वत जिल्ला अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द

बिआरटीनेपाल २०७७ असार ४ गते २३:४३ मा प्रकाशित

पर्वत जिल्ला अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका २ जना डाक्टर, १ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निशियन तथा १ जना कार्यालय सहायकमा कोरोना पोजिटिभ देखिएको अस्पताल विकास समितीका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभएको छ ।

संक्रमित स्वास्थ्यकर्मीहरु स्वाब संकलन गरेबाट नै सेल्फ क्वारेन्टिनमा रहेका छन् । ८ दिन अघि स्वाब संकलन गरेर काठमाडौ परीक्षणका लागि पठाइएकोमा केही स्वाव स्याम्पलमा अस्पतालका कर्मचारीहरुको समेत रहेको र उनीहरुको नतिजा पोजिटिभ पाइएपछि आजैबाट अस्पतालमा थप सतर्कता अपनाइएको छ ।

अस्पतालका अनुसार चिकित्सकहरुले आइसोलेशनमा रहेका संक्रमितहरुको भिजुअल मार्फत स्वास्थ्य परीक्षण गराइरहेकोमा अस्पतालका चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टी भएपछि थप समस्या उत्पन्न् भएको छ । पर्वत जिल्ला अस्पतालमा इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा शुक्रबारबाट बन्द गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू