अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

साउदीबाट पहिलो चार्टर्ड उडानमार्फत १५४ नेपाली आइपुगे स्वदेश

बिआरटीनेपाल २०७७ असार ४ गते २३:२७ मा प्रकाशित

साउदीबााट उद्धार गरेर ल्याइएका नेपाली शुक्रबार विहान काठमाडौं उत्रिएका छन् । साउदीको दमामबाट १५४ जना नेपाली हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान शनिबार भर्नेछ । त्यहाँबाट स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ मा उडान भर्ने जनाइएको छ ।

स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । साउदीमा समस्यामा परेका अरु नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ । शुक्रवार माल्दिभ्सबाट १५० जना र कुवेत र कतारबाट पनि नेपाली स्वदेश फर्कने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू