अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

गलवान झडप बारे अमेरिकाको प्रतिक्रिया सार्वजनिक

बिआरटीनेपाल २०७७ असार ४ गते २३:२४ मा प्रकाशित

चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गर्दै झडपमा मारिएका भारतीय सैनिकका आफन्तप्रति सहानुभूति प्रकट गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हालै गर्नुभएको ट्वीटमा भारतप्रति समवेदना व्यक्त गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

मृतक सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण पनि उहाँले गर्नुभएको छ । भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू