अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

नेपाल भित्रिएको मनसुस सक्रिय

बिआरटीनेपाल २०७७ असार ४ गते २३:१९ मा प्रकाशित

जुन १२ तारिखमा नेपाल भित्रिएको मनसुन सक्रिय बन्दै गएको मौसमविद्हरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापीय प्रणाली बनेको छ । जुन नेपालनजिकै पर्छ । यसैकारण नेपालमा मौसम बदली अझ तीव्र बन्दै गएको उहाँले जानकारी दिनुभयो ।

आज पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ । प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि प्रधानांगको भनाइ छ । काठमाडौँ उपत्यकामा आज मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ । आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया