अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

कोपा इटालीया फुटबलको उपाधि नापोलीलाई

बिआरटीनेपाल २०७७ असार ४ गते ७:५५ मा प्रकाशित

यस वर्षको कोपा इटालीया फुटबल प्रतियोगिताको उपाधि नापोलीले जितेको छ । गएराति भएको फाइनल खेलमा सर्वाधिक सफल टिम युभेन्टसलाई टाईब्रेकरमा हराउँदै नापोलीलले ६ वर्षमा पहिलो मुख्य उपाधि जितेको हो ।

खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा नापोलीले युभेन्टसमाथि ४–२ को जित हात पार्यो । इटालीको राजधानी रोमस्थित ओलम्पिक रंगशालामा बिना कुनै दर्शकको उपस्थितीमा खेल खेलाइएको थियो ।

जितपछि नापोलीका प्रशिक्षक जेनारो गाट्टुसोलाई राहत पुग्दा युभेन्टसका प्रशिक्षक मौरिजियो सारी दबाबमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू