अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

अन्तर्राष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण

बिआरटीनेपाल २०७७ असार ४ गते ७:४१ मा प्रकाशित

दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदकसहित चौथो स्थान हाँसिल गरेको छ । अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिखदेखि १० तारिखसम्म आयोजना गरेको भर्चुअल प्रतिश्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो ।

प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन ध्भ बचभ ाबच दगत गलष्तभम भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो । प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा प्रतिश्पर्धा भएको थियो भने सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्याडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेका थिए ।

यसका साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको काता, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुते र साहिल घलेले क्याडेटतर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेका छन् । रजत पदक हासिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्या गौतम, शोनि राई रहेका छन् भने कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् ।

दश दिने प्रतियोगतिामा नेपाल सहित विभिन्न राष्ट्रहरु ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मोरोक्को, बोस्निया, इस्कोजिया, अलजेरिया, न्यूजिल्याण्ड र प्यालेस्टाइनका गरी जम्मा ३ सय १० जना खेलाडीहरु प्रतिश्पर्धामा उत्रिएका थिए । प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब विकाश राजबाहक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू