अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी निर्वाचनका लागि चीनसँग सहयोग मागेको तथ्य सार्वजनिक

बिआरटीनेपाल २०७७ असार ४ गते ७:३७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि चीनसँग सहयोग मागेको तथ्य बाहिर आएको छ । बुधबार मात्र सार्वजनिक गरिएको अमेरिकी राष्ट्रपतिका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकमा राष्ट्रपति ट्रम्पले निर्वाचन जित्नका लागि पुनः अन्तर्राष्ट्रिय सहयोग मागेको उल्लेख छ ।

उहाँले राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि पनि वैदेशिक सहायता लिएर निर्वाचित हुने रणनीति लिएको आरोप लगाउनुभएको छ । अमेरिकामा निर्वाचन प्रयोजनका लागि वैदेशिक सहायता लिनु गैरकानुनी मानिन्छ । वासिङ्टन पोष्ट, न्युयोर्क टाइम्स र सिट्रट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले अमेरिकाको परराष्ट्र नीतिविपरीत राष्ट्रपति ट्रम्पले निर्वाचनका लागि वैदेशिक सहायता लिएको खुलासा भएको छ ।

अघिल्लो निर्वाचनमा पनि चुनावी रणनीतिका लागि युक्रेनसँग लिएको सहयोग सार्वजनिक भएपनि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । बोल्टनले यसअघि पनि ट्रम्पले चीन र टर्कीका ठूला फर्म सम्बन्धी मुद्धामा हस्तक्षेप गरेको पनि दावी गर्नुभएको छ । तर उक्त आरोपको ह्वाइट हाउसले खण्डन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू