अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

२० जनाको कोरोनाकै कारण निधन भएको होइन– प्रधानमन्त्री

बिआरटीनेपाल २०७७ असार ४ गते ७:३६ मा प्रकाशित

प्रधानमन्त्रीले नेपालमा कोरोनाकैकारण २० जनाको मृत्यु नभएको दावी गर्नुभएको छ । कोभिड–१९ बाट बढीमा ३ जानको मृत्यु भएको हुनसक्ने उहाको आकलन छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरे पनि प्रधानमन्त्रीले भने कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या नभएको ठहर गर्नुभएको हो ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीले एकाध, दुई, तीन केस कोरोनाकै कारणले भएपनि अन्यकोे अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्ने बताउनुभयो । कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको उहाको थियो । प्रधानमन्त्रीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या न्यून रहेको समेत बताउनुभयो । नेपलको उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम रहेको उहाको भनाई थियो ।

नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको बताउनुभयो । पछिल्लो समय भारतबाट अत्याधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू