अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

सुनको मूल्य आजसम्मकै उच्च, तोलाको ८९ हजार ८ सयमा कारोवार

बिआरटीनेपाल २०७७ असार ३ गते ७:२१ मा प्रकाशित

बुधबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । छापावाला सुन आज प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधबार एक सयले बढेर कारोबार भएको हो । त्यसैगरी आज तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला ९ सय ३० रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू