अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

कांग्रेसद्धारा संसदमा कोरोना नियन्त्रणबारे १० बुँदे ध्यानाकर्षण पत्र दर्ता

बिआरटीनेपाल २०७७ असार ३ गते ७:१७ मा प्रकाशित

मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको प्रयास प्रभावकारी नभएको भन्दै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल र सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि सरकारी प्रयासबारे समीक्षा गर्न आवश्यक रहेको भन्दै ध्यानाकर्षण प्रस्ताव दर्ता गराउनुभएको हो ।

ध्यानाकर्षणपत्रमा कोरोना नियन्त्रणका लागि भएको काम प्रभावकारी नभएको, खरिदमा भ्रष्टाचार भएको, क्वारेन्टिन गुणस्तरहीन रहेको, विदेशमा अलपत्र परेकालाई फिर्ता ल्याउन पहल नभएको उल्लेख छ । त्यस्तै पिसिआर परिक्षणको दायर बढानु पर्ने, आरडिटी परिक्षण बन्द गर्नुपर्ने, कोरोना विशेष अस्पतालमा सेवा थप्नुपर्ने लगायका विषय पत्रमा समेटिएको छ ।

सांसदले दर्ता गराएको ध्यानाकर्षणलाई सभामुखले सम्बन्धित मन्त्रीसँगको समन्वयनमा छलफलको मिति तोक्नु पर्ने र छलफलमा उठेका प्रश्नको जवाफ मन्त्री दिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू