अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त

बिआरटीनेपाल २०७७ असार २ गते ७:२४ मा प्रकाशित

उत्तर कोरियाले दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ । दुवै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनावकैबीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती सहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन ध्वस्त बनाइएको जनाएको छ । यसबारेमा मन्त्रालयले कुनै थप विवरण दिएको छैन । योनहाप न्यूज एजेन्सीले सम्प्रेषण गरेका तस्वीरहरुमा अन्तर–कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुवाँको मुस्लो उडेको देखिएको छ ।

एजेन्सीका अनुसार हाल बन्द रहेको औद्योगिक क्षेत्रमा अन्तर–कोरिया सम्पर्क कार्यालय रहेका थिए । उत्तर कोरियाले उक्त सम्पर्क कार्यालय भत्काउने यसअघि नै धम्की दिँदै आएको थियो । खासगरी सीमावर्ती क्षेत्रबाट दक्षिण कोरियाली अधिकारवादी समूह तथा व्यक्तिहरुले उत्तर कोरियाली नेताविरुद्ध पर्चाहरु बेलुनमार्फत् उडाएको र त्यसलाई रोक्न दक्षिणले पर्याप्त काम नगरेको उत्तर कोरियाले आरोप लगाउँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू