अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

कोभिड–१९ का कारण विश्वभर ४ लाख ३९ हजार ७ सय ६० को मृत्यु, ८१ लाख ४२ हजार ७ सय ४३ संक्रमित

बिआरटीनेपाल २०७७ असार २ गते ७:०९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ३९ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८१ लाख ४२ हजार ७ सय ४३ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४२ लाख ५३ हजार ४ सय ३ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ६ सय १९ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १८ हजार ३ सय २१, इटालीमा ३४ हजार ३ सय ७१ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ४ सय ३६ , बेलायतमा ४१ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ६५, जर्मनीमा ८ हजार ८ सय ८५ , बेल्जियममा ९ हजार ६ सय ६३, ब्राजिलमा ४४ हजार १ सय १८, रसियामा ७ हजार २ सय ८४ र क्यानडामा ८ हजार १ सय ७५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा ९ हजार ९ सय २४, पाकिस्तानमा २ हजार ८ सय ३९, बंगलादेशमा १ हजार २ सय ६२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ९१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू