अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१६ | Colorodo: 05:31

मलेसियाबाट स्वदेश फर्कने ६ हजार तीन सय १४ नेपालीको नाम सार्वजनिक

बिआरटीनेपाल २०७७ असार १ गते ७:१७ मा प्रकाशित

मलेसियास्थित नेपाली दूतावासले स्वदेश फर्कन प्राथमिकतामा परेका नेपालीको सूची सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको सूचीमा ६ हजार तीन सय १४ जनाको नाम छ । यीमध्ये इन्डोनेसियामा रहेका १० विधार्थी र ११ पर्यटकसहित २४ जना छन् ।

प्राथमिकतामा परेका मलेसियामा रहेका नेपालीमा अधिकांश कामदार रहेका छन् । मलेसियाबाट नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले दुई दुई वटा चार्टर्ड फ्लाइट गर्दैछन् । प्राथमिकतामा परेका नेपालीको सूची मलेसियास्थित नेपाली दूतावासको वेबसाइट my.nepalembassy.gov.np मा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू