अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना – भारतीय रक्षामन्त्री सिंह

बिआरटीनेपाल २०७७ असार १ गते ७:११ मा प्रकाशित

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताउनुभएको छ । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताउनुभयो ।

सिंहले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब सीमा सडक संगठन(बीआरओ) ले निर्माण गरेको लिंक रोडमार्फत सहज यात्रा हुने उल्लेख गर्नुभयो । नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै सिंहले छिमेकी देशमा यस सडकलाई लिएर केही असमझदारी सिर्जना र भारत र नेपालबीचको सम्बन्ध सामान्य नरहेको बताउनुभयो ।

सिंहले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि रहेको बताउनुभयो । भारत–नेपाल सीमाका बारेमा एक खालको भ्रम सिर्जना भएकोले त्यसलाई वार्ताकै माध्यमबाट समाधान गर्ने उहाको भनाई थियो । नेपाली नागरिकप्रति भारतमा कहिल्यै कटुता नदेखिएको पनि सिंहले बताउनुभयो ।

यसअघि पनि भारतीय रक्षामन्त्री राजनाथ सिंहले विभिन्न सञ्चारमाध्यमसँगको साक्षात्कारमा लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गर्ने बताउनुभएको थियो । रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू