अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

लकडाउन खुलेको होइन, खुकुलो मात्र भएको हो – प्रधानमन्त्री ओली, देशमा अर्को आन्दोलनको आवश्यकता छैन

बिआरटीनेपाल २०७७ असार १ गते ७:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउन आग्रह गर्नुभएको छ । सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको पनि बताउनुभयो ।

शुभकामना सम्बोधन गर्दै ओलीले अहिलेको अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीका कारण शैक्षिक सत्रमा नै असर नपरोस् भनेर आजदेखि वैकल्पिक सिकाइ प्रविधिको घोषणा गरिएको बताउनुभयो ।

तर कोभिड–१९ ले एसइई परीक्षाबारे भने सधैँका लागि विकल्प सोच्नु पर्ने अवस्था ल्याएको उहाको भनाई थियो । सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पछिल्लो समय भइरहेका विरोध प्रदर्शनतर्फ लक्षित गर्दै सम्झाउने प्रयास गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा नेपाल टेलिभिजनबाट शुभकामना सम्बोधन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू