अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

कोरोना रोकथाममा अमेरिकाले भन्दा रुसले राम्रो गरिरहेको रुसी राष्ट्रपति पुटिनको दाबी

बिआरटीनेपाल २०७७ जेठ ३२ गते २२:१३ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस संक्रमण रोक्न अमेरिकाले भन्दा आफूहरुले राम्रो काम गरेको दाबी गर्नुभएको छ । उहाँले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको उचाईलाई ‘गहिरो आन्तरिक संकट’ को संज्ञा समेत दिनुभयो ।

रुसी सरकारी टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले अप्रत्यक्ष रुपमा अमेरिकाले भन्दा रुसले महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको टिप्पणी गर्नुभएको छ । पुटिनले भन्नुभएको छ , ‘कुनै रुसी नागरिकले सरकारले यो काम गर्न सकेन भन्न सक्दैनन्, म यो कल्पना गर्न सक्दिन । सरकारले यो व्यवस्थापनको काम गरिरहेको छ । मलाई लाग्छ यो परिस्थितिमा पार्टीको चासो समाज र जनताको समस्यामा केन्द्रित छ ।’

अमेरिकामा १ लाख १७ हजार व्यक्तिको मृत्यु भएको छ भने त्यहाँ २१ लाख ६२ हजार मा संक्रमण देखिएको छ । जबकी तेस्रो स्थानमा रहेको रुसमा ५ लाख २८ हजार व्यक्ति संक्रमित हुँदा करिब ७ हजार व्यक्तिको मृत्यु भएको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू