अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

मनसुनी गतिविधि पूर्व र मध्य क्षेत्रमा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

बिआरटीनेपाल २०७७ जेठ ३२ गते २२:०९ मा प्रकाशित

मुलुकमा मनसुनी गतिविधि सक्रिय हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी पूर्व र मध्य क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहेको बताईएको छ । पूर्वबाट छिरेको मनसुन मध्यसम्म सक्रिय अवस्थामा पुगेको र बिस्तारै पश्चिम सर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन् ।

अहिले नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासका क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भइरहेको छ । सोमबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू