अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २ सय ५ पुग्यो

बिआरटीनेपाल २०७७ जेठ ३२ गते २२:०४ मा प्रकाशित

गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशका थप ६ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ । सङ्क्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू