अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

कोभिड–१९ का कारण विश्वभर ४ लाख ३५ हजार ४ सय ४६ को मृत्यु, ७९ लाख ८८ हजार ६ सय १५ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ३२ गते २२:०२ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ३५ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७९ लाख ८८ हजार ६ सय १५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४१ लाख ७ हजार ५ सय २० जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ४ सय ५७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १७ हजार ८ सय ३३, इटालीमा ३४ हजार ३ सय ४५ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ४ सय ७ , बेलायतमा ४१ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ८ सय ३७, जर्मनीमा ८ हजार ८ सय ७० , बेल्जियममा ९ हजार ६ सय ५५, ब्राजिलमा ४३ हजार ३ सय ८९, रसियामा ६ हजार ९ सय ४८ र क्यानडामा ८ हजार १ सय ४६ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा ९ हजार ५ सय २०, पाकिस्तानमा २ हजार ६ सय ३२, बंगलादेशमा १ हजार १ सय ७१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ७१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६६ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू