अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

सन्दर्भ: विश्व रक्तदाता दिवस'(World Blood Donor Day)

भूषणलाल श्रेष्ठ २०७७ जेठ ३२ गते १०:०६ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन(World Health Organization)ले सन् २००५ देखि जून १४ तारिखलाई विश्व रक्तदान दिवसको रूपमा मनाउँदै आइरहेको छ । यस वर्षको नारा ‘सुरक्षित रगतले जीवन बचाउँछ’ (Safe Blood: Save Life) रहेको छ । हालको विश्व परिस्थितिमा रगतबाट सर्न सक्ने विभिन्न रोगबाट बचाउन सुरक्षित रगत अर्थात् रोगमुक्त, सङ्क्रमणरहित रगत बिरामीलाई उपलब्ध होस् भन्ने यसको उद्देश्य रहेको छ । यसका लागि विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको गाइडलाइन अनुरूप रगत दिने रक्तदाता, सोको परीक्षण र वितरणमा उच्च स्तरीय प्रविधि एवं उपकरणको विकास र प्रयोगमा जोड दिएको छ ।

WHO को तथ्याङ्क अनुसार, विश्वको रगत आपूर्तिमध्ये ४२% धनी देशहरूबाट उपलब्ध भई अल्प विकसित मुलुकहरूमा स्वस्थ रगत उपलब्ध गराउन प्रयासरत रहेको देखिन्छ । यो भनेको विश्वको कुल जनसङ्ख्याको १६% मात्र हो । रगतको आवश्यकता बिरामीको आकस्मिक उपचारको लागि मात्र नभई दुर्घटना तथा प्राकृतिक प्रकोपमा परेका घाइतेहरूको ज्यान बचाउनका लागि समेत स्वस्थ रगतको आपूर्ति हुनु नितान्त जरुरी छ । यसैको महत्त्वलाई उजागर गर्दै ‘सुरक्षित रगतले जीवन बचाउँछ’ (Safe Blood: Save Life) यस वर्षको नारा राखिएको हो ।

रगत कुनै खानी या कारखानाबाट उत्पादन हुने होइन । चाहिने जति रगत उपलब्ध गराउनका लागि नियमित रूपमा रक्तदान गर्ने स्वयंसेवक रक्तदाताको सङ्ख्या बढाउनु पर्दछ । रक्तदानको आवश्यकता र महत्त्वबारे व्यक्तिगत तथा समुदायमा स्वस्थ र रोगमुक्त रगत र यसबाट बनेका तत्त्वहरूको प्रयोगले रोगबाट निदान हुने बारे सबैमा जानकारी गराउने र रक्तदानको यो अभियानमा सहभागिताको लागि प्रेरणा जगाउन आजको यस दिवस मनाउन लागिएको हो । साथै रक्तदान गरी मानव जीवनलाई मृत्युको मुखबाट बचाउन योगदान गर्नुहुने सबै रक्तदाता, संध-संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै यस सेवा कार्यमा थप अभिप्रेरित गराउन जून १४ को दिनलाई ‘विश्व रक्तदाता दिवस'(World Blood Donor Day)को रूपमा मनाउन विश्व स्वास्थ्य सङ्गठनले सम्बन्धित सबैमा आह्वान गर्दै भनेको छ ।

‘It is a day raise awareness about the global need for safe blood and how everyone can contribute.’

यस वर्षको ‘विश्व रक्तदाता दिवस'(World Blood Donor Day) का निम्न उद्देश्यहरू :
1. Celebrate and thank individuals who donate blood and encourage more people to start donating.
2. Raise wider awareness of the urgent need to increase the availability of safe blood for use wherever and whenever it is need to save life.
3. Demonstrate the need for universal access to safe blood transfusion and provide advocacy on its roll in the provision of effective health care and in achieving universal health coverage.

4. Mobilize support at national, regional and global levels among governments and development partners to invest in, strengthen and sustain national blood programs.

आजको विश्व रक्तदाता दिवसको अवसरमा रगत सङ्कलनदेखि व्यवस्थापन गर्नेसम्मका व्यक्ति, सरकारी, गैर सरकारी स्वास्थ्य सङ्घ-संस्था र रक्त सञ्चार केन्द्रलाई चाहिने उत्प्रेरणा, संरक्षण तथा श्रोतमा पहुँचको आवश्यकता देखिन्छ । जसले गर्दा रगतको अभावका कारण जो कसैले अकालमा मृत्युवरण गर्न नपरोस् ! आजको दिनमा स्वयंसेवी रक्तदाता, रक्तदान कार्यक्रममा लाग्नुभएका समाजसेवी तथा आयोजक सङ्घ-संस्था, Vitalant(nonprofit organization that collects blood from volunteer donors and provides blood, blood products and services across the United States.) तथा नियमित रक्तदान कार्यक्रम गराउन आवश्यक सहयोग गर्नुहुने सबै महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आगामी दिनहरूमा अझ बढी रक्तदान गर्ने र गराउन सक्रिय सहभागिताको लागि अमेरिकामा ब्लड डोनर अफ अमेरिकाले विभिन्न राज्यमा गतिविधि गरी आइरहेको छ ।

भूषणलाल श्रेष्ठ
क्षेत्रीय संयोजक
ब्लड डोनर अफ अमेरिका ।

प्रतिक्रिया