अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुनेक्रम रोकियो – १५ देशमा बस्ने ९ हजार नेपाली कोरोनामुक्त

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ७:०४ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार ८ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएको छैन । एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा उल्लेख्य कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब ९ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

समितिले संकलन गरेको तथ्यांकानुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १२७ नेपालकिो विदेशमा निधन भएको छ ।

सापकोटाका अनुसार ३५ देशमा २३ हजार १ सय २७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण अमेरिका बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू