अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

युएनको जहाजमार्फत १८ नेपाली अफगानिस्तानबाट स्वदेश फर्किए

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ७:०१ मा प्रकाशित

संयुक्त राष्ट्रसंघ (युएन)को जहाजमार्फत अफगानिस्तानबाट १८ जना नेपालीहरु स्वदेश फर्किएका छन् । संयूक्त राष्ट्रसंघीय सहायता मिसनमा कार्यरत उनीहरु आज नेपाल आएका हुन् । कोभिड १९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले दिएको जानकारी अनुसार उक्त मिसनमा कार्यरत नेपालीहरु आफैँले जहाज चार्टर्ड गरेर फर्किएका हुन्।

त्यस्तै आजै मात्र बांगलादेशबाट २६४ नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आएको छ । आइतबार देखि विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काउन थालिएको छ ।

विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग गरिने सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू