अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

भारतीय वरिष्ठ नेता सुब्रमण्युम स्वामीको प्रश्न – “नेपालको भावनामा किन चोट पुर्यायौ” ?

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ७:०० मा प्रकाशित

नेपालले लिम्पियाधुरासहितको अतिक्रमित भूभागलाई समेटेर बनाएको नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित गरेपछि भारतमा हलचल मच्चिएको छ । भारतीय नेतादेखि लिएर सञ्चार माध्यमहरुले नेपालको यो निर्णयप्रति कठोर बनेर आलोचना गरिहँदा अन्य केहीले भने अझै पनि दुयृ देशबचिको वार्तामा जोड दिएका छन् ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता सुब्रमण्युम स्वामीले यसबारे आफ्नो सामाजिक सञ्जाल ट्वीट गर्दै भारतीय नेतृत्वलाई फेरि एकपटक गम्भीर बन्न सुझाव दिनुभएको छ । सुब्रमण्युमले ट्वीटरमा नेपालको भावनालाई चोट पुर्याएको र उ भारतसंग टाढिन चाहेको हो ? भनेर प्रश्न गर्नुभएको छ । उहाँले यो अवस्था सिर्जना हुनुमा भारतको असफलताको कारण त होइन ? भनेर प्रश्न पनि गर्नुभएको छ ।

सुब्रमण्युमले लेख्नुभएको छ , “नेपालले कसरी भारतीय क्षेत्रबारे सोच्न सक्छ ? कुन कुराले उनीहरूको भावनालाई चोट पुर्याएकोे हो र तिनीहरू भारतसँग ढाढिन चाहन्छन् ? के यो हाम्रो असफलता होईन ? विदेश नीतिमा पनि अब पुर्नविचार चाहिने समय आएको छ । ”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू