अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

चीनमा २ महिनापछि एकैदिन सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिए

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ६:५८ मा प्रकाशित

चीनमा दुई महिनापछि एकैदिन सबैभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको अप्रिल १३ पछि शनिवार एकैदिन ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले जनाएको छ । चीनका अधिकारीहरुका अनुसार ३८ जनाको स्थानीय समुदायमा सङ्क्रमण फैलिएको र तीमध्ये ३६ जना बेइजिङका हुन् ।

बेइजिङमा कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी आँकडा सार्वजनिक गर्न थालेयताको यो सबैभन्दा ठूलो सङ्ख्या हो । शुक्रबारसम्म बेइजिङमा सङ्क्रमितको सङ्ख्या ६ जनामात्र थियो । बेइजिङमा कोरोना सङ्क्रमणको नयाँ लहर फैलिने त्रासले खेल र पर्यटनसम्बन्धी कैयौँ कार्यक्रम रद्द गरिएका छन् ।

कोरोना भाइरसको उद्गम देश मानिने चीनमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितहरुको सङ्ख्या ८३ हजार १ सय ३२ पुगेको छ । जसमध्ये ७८ हजार ३ सय ६९ जना उपचारपछि निको भएका छन् भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । १ सय २९ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू