अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

रुकुम हत्याकाण्डको विरोधमा काठमाण्डौंको माईतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ६:५५ मा प्रकाशित

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा जेठ १० गते भएको हत्याकाण्डको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । दलितमाथि जातीय आधारमा हत्याकाण्ड मच्चाइएको भए पनि राज्य संयन्त्र नै लागेर यसलाई दबाउन खोजिएको विरोध प्रदर्शनका सहभागीहरुले आरोप लगाएका छन् ।

लेखक तथा राजनीतिज्ञ आहुतिले सोती घटनालाई योजनाबद्ध ढंगले दबाउन खोजिएको आरोप लगाउनुभयो । घटनालगत्तै स्थानीय राजनीतिक नेतृत्व र प्रशासन मिलेर घटना लुकाउने प्रपञ्च गरेको अनुसन्धानबाट पत्ता लागेको उहाको भनाई छ ।

विरोध सभामा बोल्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दलितहरुमाथि सँधै दमन हुँदै आएको बताउनुभयो । विश्लेषक श्याम श्रेष्ठले यो घटनाको विरोधमा अमेरिकामा जर्ज फ्लोएडको हत्याको विरोध भएकोजस्तो प्रदर्शन हुने अपेक्षा गरेको तर यसलाई सहरी समाजले वास्तै नगरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू