अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

जातीय हिंसाविरुद्ध विश्वभर प्रदर्शन जारी, अमेरिका र बेलायतमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कयौं घाइते

बिआरटीनेपाल २०७७ जेठ ३१ गते २२:०४ मा प्रकाशित

अमेरिकामा जर्ज फ्लोइडको हत्यापछि लगातार रंगभेदविरुद्धको प्रदर्शन भइरहेका छन् ।जातीय विभेद र रंगभेद विरुद्ध चलिरहेका आन्दोलन अमेरिकालगायत विश्वका विभिन्न देशमा पनि चलिरहेको छ ।अमेरिकाका विभिन्न शहरका हजारौं प्रदर्शनकारीहरु अश्वेत अमेरिकी नागरिक फ्लोइडलाई नियन्त्रणमा लिएर प्रहरीले घाँटीमा घुँडाले थिचेर हत्या गरेसँगै लगातार प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा आगजनी र लुटपाटका घटनाहरु भएसँगै केही राज्यमा सरकारले निषेधाज्ञासमेत जारी गरेको थियो ।जातीय विभेद अन्त्यका लागि अमेरिकाबाहेक बेलायत, युरोप, अष्ट्रेलियालगायत विश्वभर प्रदर्शनहरु भइरहेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा संलग्न अधिकारीहरुमाथि छानविन भइरहेकाले हिंसात्मक गतिविधि नगर्न आग्रह गर्नुभएको छ । उहाँले नागरिकको सुरक्षाका लाथि थप प्रहरी तैनाथ गर्ने चेतावनीसमेत यसअघि नै दिईसक्नुभएको छ ।

यसैबीच, बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले आन्दोलन रोक्न प्रदर्शनकारीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले बेलायतमा जातीय रुपमा कसैलाई विभेद नगरेको भन्दै संयमित रुपमा प्रस्तुत हुन आन्दोलनकारीलाई आग्रह गर्नुभएको हो । बेलायतका विभिन्न शहरमा भएका प्रदर्शनमा प्रहरीसँग भएको झडपमा केही आन्दोलनकारी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू