अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

कोभिड–१९ का कारण विश्वभर ४ लाख २८ हजार ७ सय ८० को मृत्यु, ७७ लाख ६७ हजार ४ सय २६ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ३१ गते ६:५७ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख २८ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ७७ लाख ६७ हजार ४ सय २६ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३९ लाख ८३ हजार ८ सय ७९ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ९ सय ३७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १६ हजार ८ सय ३१, इटालीमा ३४ हजार २ सय २३ , स्पेनमा २७ हजार १ सय ३६ , फ्रान्समा २९ हजार ३ सय ७४ , बेलायतमा ४१ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ७ सय ३०, जर्मनीमा ८ हजार ८ सय ६३ , बेल्जियममा ९ हजार ६ सय ५०, ब्राजिलमा ४१ हजार ९ सय १, रसियामा ६ हजार ८ सय २९ र क्यानडामा ८ हजार ४९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण भारतमा ८ हजार ८ सय ९५, पाकिस्तानमा २ हजार ५ सय ५१, बंगलादेशमा १ हजार १ सय ३९ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ४ सय ५१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६२ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू