अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

नेपाल–भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध – भारतीय सेनाप्रमुख नरवणे

बिआरटीनेपाल २०७७ जेठ ३१ गते ६:५५ मा प्रकाशित

भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल भारतबीच रहदै आएको घनिष्ठ सम्बन्ध भविष्यमा पनि रहिरहने बताउनुभएको छ । भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको इसारामा गरेको भन्ने विवादास्पद टिप्पणी गर्नुभएका नरवणेले आफ्नो यसअघिको भनाइलाई केही सच्याउँदै यस्तो बताउनुभएको हो ।

देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्तो धारणा राख्नुभएको बताईएको छ । यसअघि जेठ २ मा भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणेले चीनतर्फ संकेत गर्दै सीमासम्बन्धमा यसअघि कुनै विवाद नरहेकोमा नेपालले ‘अरु कसैको इसारामा’ विरोध गरेको बताउनुभएको थियो ।

भारतले २६ वैशाख नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू