अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

सभामुख सापकोटाद्धारा समाजवादी पार्टीकी सरिता गिरीको संसोधन प्रस्ताव खारेज, गिरीद्धारा बैठक बहिस्कार

बिआरटीनेपाल २०७७ जेठ ३१ गते ६:५३ मा प्रकाशित

समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गर्नुभएको छ । आजको संसद् बैठकमा संविधान संशोधन विधेयकमा छलफल सुरु हुनासाथ गिरीले आफ्ना कुरा राख्न उठ्नुभएको थियो । गिरी उठिरहँदा सांसदहरुले हुटिङ गरेका थिए। गिरी आफ्नो कुर्सीबाट उठेपछि सभामुख अग्नि प्रसाद सापकोटाले उहाँको संशोधन प्रस्ताव नियम ११२ अनुसार नभएकोले अस्वीकृत गरेको सदनलाई जानकारी गराउनुभयो ।

सभामुख अग्नि सापकोटाले नेपालको बिरुद्धमा दर्ता गरिएको संबिधान संशोधन बिद्येयकबिरुद्धको प्रस्ताव खारेज गर्नुभएपछि गिरी संसद बैठकबाट बाहिरिनु भएको थियो । सभामुखले आफूलाई बोल्न नदिएको भन्दै सांसद गिरी संसद बैठकबाट बाहिरिनु भएको हो ।

बाहिरिने क्रममा सांसद गिरीले आफूले आत्महत्या गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ । नेपालको बिरुद्धमा र भारतको पक्षमा खुलेयाम उभिनुभएकी गिरीले दिनुभएको यो प्रतिक्रियालाई भारतबिरुद्ध लागेर माइतीको अपमान गर्न नचाहेको र आफू नेपालको संसद रहे पनि सधै भारतकै पक्षमा उभिने घोषणाका रुपमा लिइएको छ । सभामुखले बोल्न नदिएको र सरकारले तथ्य तथा प्रमाणमा आधारित भएर नक्सा जारी नगरेको सांसद गिरीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू