अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवसर गणतन्त्रले ल्याएको छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ जेठ ३१ गते ६:४९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर प्राप्त भएको बताउनुभएको छ । प्रतिनिधिसभामा संविधान संशोधन दोश्रो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले देशले राजतन्त्रको बेला गुमाएको भूमि अहिले गणतन्त्रको बेला फिर्ता लिने अवसर आएको बताउनुभयो ।

देशको राष्ट्रिय स्वार्थका विषयमा सधैँ मतैक्यता रहने गरेको भन्दै उहाँले त्यसको प्रशंसा गर्नुभयो । यो सामूहिक विवेकको कुरा भएको र यसको लागि सरकार, सत्तारुढ र विपक्षी दलहरु तथा आम नागरिकलगायत सबै धन्यवादका पात्र रहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वाधिनताको सुदृढीकरण र भौगोलिक अखण्डताको रक्षाका लागि नेपालले सधैँ एकता प्रदर्शन गर्ने गरेको प्रचण्डले स्मरण गर्नुभयो ।

अध्यक्ष प्रचण्डले सीमा विवादसहित दुई देशबिचको असमान सन्धिहरुबारे पनि नेपाल र भारतले बसेर टुङ्ग्याउनुपर्ने र वार्तामार्फत सहमतिमा पुग्नुपर्ने पनि बताउनुभएको छ । कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेक विवादित क्षेत्र रहेको उल्लेख गर्दै उहाँले यी विषय वार्तामार्फत समाधान गरौँ भन्नेमा नेपाल र भारत दुवैले स्वीकार गरिसकेकाले वार्तामार्फत नै समाधान निकाल्नुपर्ने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू