अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

राष्ट्रिय मुद्दामा सरकारलाई कांग्रेसको साथ छ – सभापति देउवा

बिआरटीनेपाल २०७७ जेठ ३१ गते ६:४९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय मुद्दामा नेपालका सवै दल एक भएको र सरकारलाई साथ दिउको बताउनुभएको छ । सुगौली सन्धि अनुसार काली नदी पूर्वको भाग नेपालकै भएकोले नक्सामा अटाएको उहाँले प्रष्ट पार्नुभयो । संविधान संशोधन विधेयकको दफावार छलफलमा सभापति देउवाले अङ्ग्रेज र चीनका डकुमेन्टमा पनि काली नदीको पूर्वको लिम्पियाधुरा, लिपुलेक कालापानीलगायतका भूमि नेपालकै रहेको देखिएको बताउनुभयो ।

भूमि फिर्ता ल्याउने विषय राष्ट्रिय मुद्दा भएकोले आफ्नो दलको पूर्णरुपमा समर्थन गरेको सभापति देउवाको भनाई छ । यसमा सबै पार्टीको समर्थन देखिएकोले राष्ट्रिय मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश फेरि फैलिएको उहाँले बताउनुभयो । सभापति देउवाले यो निर्णयको लागि सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले अब कुटनीतिक वार्ताको लागि पनि नेपाली कांग्रेसको तर्फबाट समर्थन रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू