अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

२ सयभन्दा बढि सङ्क्रमित रहेको जिल्लामा लकडाउन यथावत्

बिआरटीनेपाल २०७७ जेठ ३० गते २१:४४ मा प्रकाशित

सरकारले बन्दाबन्दीलाई खुकुलो पारे पनि चार जिल्लामा भने बन्दाबन्दी यथावत् रहने भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार दुई सयभन्दा बढीमा कोरोना संक्रमण भएको जिल्लामा बन्दाबन्दी गर्ने भनिएको छ ।

यसै अनुसार सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा बन्दाबन्दी खुकुलो हुने छैन । यी चारवटै जिल्लामा संक्रमण संख्या दुईसय भन्दा बढी छ । सर्लाहीमा ४ सय ७१, रौतहटमा ६ सय १७, कपिलवस्तुमा ३ सय ५३, र दैलेखमा ४ सय ४३ जना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नभइन्जेल बन्दाबन्दी पहिलेकै अवस्थामा लागू हुने बताउनुभयो । झण्डै तीन महिनापछि बन्दाबन्दीलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू