अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

अमेरिकामा कोरोनाका कारण अस्पतालहरु भरिभराउ, रंगशालालाई अस्पताल बनाउने तयारी

बिआरटीनेपाल २०७७ जेठ ३० गते २१:४२ मा प्रकाशित

अमेरिकाको टेक्सस र एरिजोना सहितका आधा दर्जन राज्यहरूमा बढिरहेका कोरोना संक्रमितले त्यहाँका अस्पतालका बेड भरिन थालेपछि रंगशालाहरुलाई अस्पतालको रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । संक्रमणको दोश्रो चरण नजिक आईरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकामा संक्रमणको वृद्धि तीव्र भएपछि आइसियुको अभाव हुन थालेको छ ।

पछिल्ला तीन दिनमा टेक्ससमा अस्पताल भर्ना हुनेको संख्या दर ह्वात्तै बढेको छ भने क्यारोलाइनामा आईसियूको अभावमा बिरामीहरु मारमा परेका छन् । एरिजोना र न्यू मेक्सिको लगायतका राज्यमा नयाँ संक्रमित ४० प्रतिशतले बढेका छन भने फ्लोरिडा, अर्कान्सास, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा संक्रमितको संख्या ३० प्रतिशतले बृद्धि भएको छ ।

प्रतिक्रिया