अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो, ९ सय ७४ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ जेठ ३० गते २१:३९ मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा दिईएको जानकारी अनुसार कोरोना संक्रमणका कारण मुलुकका ७३ जिल्ला प्रभावित भएका छन् ।

कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज हुँदा निको हुनेको संख्या ९ सय ७४ पुगेको छ । मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख १० हजार ७ सय २१ र पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४३ हजार ६४१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४६७ जना रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू