अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको ८९ हजार ६ सय कायम

बिआरटीनेपाल २०७७ जेठ २९ गते ६:२८ मा प्रकाशित

विश्वव्यापीरुपमा कोरोनाको कहर बढिरहेका बेला सुनको भाउ पनि निरन्तर उकालो लागिरहेको छ । नेपाली बजारमा सुनको मूल्यले विहिवार नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन–चाँदीको कारोबार पुन सुरु गरेको थियो । सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू