अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

कुवेतमा आममाफी पाएका ३ सय नेपाली महिलालाई नेपाल ल्याईयो

बिआरटीनेपाल २०७७ जेठ २९ गते ६:२५ मा प्रकाशित

कुवेतमा आममाफी पाएका ३ सय जना महिला काठमाण्डौमा आइपुगेका छन् । कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल ल्याइदिएको हो । आज कोरोनाको कारण लकडाउन भएपछि पहिलो पटक कुवेतबाट नेपालीहरु घर स्वदेश फर्किएका हुन् ।

पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा तीन सय आममाफी पाएका महिलालाई स्वदेश पठाइएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने एउटा जहाजमा १५० र अर्को जहाजमा १४९ गरि २९९ जना नेपाली फर्किएको जनाएको छ ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो । कुवेतले गएको अप्रिल महिनाभरी नै यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो । नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ । यसअघि यूएईबाट १६८ र म्यानमारबाट पनि नेपाली स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू