अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

कुवेतले आज ३ सय नेपालीलाई स्वदेश फर्काउँदै

बिआरटीनेपाल २०७७ जेठ २७ गते २१:५० मा प्रकाशित

कुवेतले बुधबार तीन सय नेपाली कामदारलाई स्वदेश फर्काउँदै छ। कुवेतले दुई वटा फ्लाइटमार्फत उनिहरुलाई फर्काउन लागेको कोरोना संकट व्यवस्थापन केन्द्र– सीसिएमसी ले जनाएको छ ।सरकारले विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेपछि आफ्नो देशमा अलपत्र नेपाली कामदारलाई कुवेतले आफै पठाउन लागेको हो। कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको बताइन्छ।

कुवतेले बुधबार पठाउन लागेका नेपाली कामदारमा प्रदेश–१ का १ सय १८, प्रदेश– २ का १०, प्रदेश–३ का १ सय ६, प्रदेश– ४ का ९, प्रदेश– ५ का ४५ जना, प्रदेश– ६ का १० जना र प्रदेश– ७ का दुई जना रहेका छन्।

विदेशबाट आउने नेपालीले होटल वा प्रदेशका क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने छ। सरकारले पहिलो चरणमा विदेशमा अलपत्र २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ। विभिन्न देशमा रहेका दुतावासले स्वदेश फर्कन चाहने नेपालीको तथ्यांक संकलन गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू